मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको नक्कली आइडी बनाएर दुरुपयोग,गिरोहको नाइके खोज्दै प्रहरी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको नक्कली आइडी बनाएर दुरुपयोग,गिरोहको नाइके खोज्दै प्रहरी

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नाममा सामाजिक संजालमा उनको प्रोफाइल फोटो सहितको फेसबुक बनाएर दुरुपयोग गरीएको छ।

शुक्रवार साझ पख एकाएक थापाको नामको नक्कली फेसबुक खोलेर दुरुपयोग गरीएको एउटा फेसबुक म्यासेन्जर च्याटको स्क्रीनसट सामाजिक संजालमा सेयर गरीएको थियो।

केहि मान्छेले धन्दा चलाएर बदनाम खोजेपछि थापाले आफ्नो फेसबुकको प्रोफाइल पिक्चर दुरुपयोग गरी नक्कली फेसबुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेको प्रति आफ्नो गम्भीर ध्यनाकर्षण भएको जनाएका थिए। ।

दुरुपयोग गरीएको सो नक्कली आइडीमा गरीएको अश्लिल कुराकानी बारे उनले अहिलेसम्म यस्तो कुराकानी कसैसँग पनि नभएको स्पष्ट पार्दै ‘मलाई यसो गर्न फूर्सद पनि छैन्, षड्यन्त्रको घोर भत्र्सना गर्दै भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’, थापाले भनेका छन् । उनले आवश्यक अनुसन्धान गरी कारबाहीका लागि साइबर ब्यूरो समक्ष उजुरी गरिसकेको समेत जानकारी दिए ।

साइबर ब्यूरोमा रिपोर्ट गरेलग्गत्तै प्रहरीले सो बारे प्राराम्भीक अनुसन्धानमा गर्दै उक्त ब्याक्ति बिदेशमा रहेको पत्ता लगाईसको छ। थप पुष्टि भएमा उनलाई सम्बन्धीत देशको प्रहरीको सहयोगमा पक्राउ गरी आवश्यक कारबाहीको लागी नेपाल ल्याइने छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend