
काठमाडौं। वीरगंजको नारायणी अस्पतालमा उपचार गराइरहेका ४ जना संक्रमित निको भएर आज घर फर्किँदै छन्। अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार उनीहरूलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ।
कोभिड-१९ बाट निको भएकाहरूमा तीन भारतीय र एकजना नेपाली नागरिक छन्। उनीहरु चारैजनाको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएको थियो । अहिलेसम्म स्वास्थ्य एकदम राम्रो छ।
नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ पुगेको छ। तीमध्ये निको भएर शनिवारसम्म १२ जना घर फर्किसकेका छन् भने आज ४ जना डिस्चार्ज भएमा निको हुनेको संख्या १६ जना पुग्नेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend