
काठमाडौं । देशमा पटक पटक प्रधानमन्त्री हटाउने र नयाँ बनाउने खेलको नेतृत्व गर्ने नेतामा प्रचण्डको नाम पहिलो स्थानमा आउछ। ६२/६३ को जनआन्दोलन पछि खुल्ला राजनीतिमा आएपछि प्रचण्डले बिभिन्न समीकरण गुट उपगुट निर्माण गर्दै सरकार ढाल्ने र बनाउने खेलमा पटकपटक लागेको र देशलाई अस्थीर बनाएको आरोप नेपाली राजनीतिमा उनीमाथी छ।
पछिल्लो समयमा तत्कालिन नेकपा एमाले र माओबादि मिलेर बनेको नेकपालाई जनताले भारी मत दिएर अस्थिरता अस्विकार गरेको भए पनि फेरी त्यहिँ पार्टीमा मिसिन आएका प्रचण्ड आफ्नै पार्टीका प्रधानमन्त्रीलाई पाखा लगाएर फेरी अस्थिरताको राजनीतिमा लागेका छन्।
अहिलेका प्रधानमन्त्री ओलीबाट आफु अनुकुल हुन् छाडेपछि उनले आफ्नो स्वार्थ पूर्ति गर्न र आफु अनुकुल हुने वा आफै प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनेसम्मको योजना बनाएर ओली सरकार जसरी पनि ढाल्ने योजनामा लागेको आरोप नेकपाका एक नेताको दाबी छ।
यहिँ कामका लागी पार्टी फुटाएर हिडेका बाबुराम भट्टराईसंग मिलेर सांसद्हरुको हस्ताक्षर संकलन शुरु भैसकेको दाबी ति नेताले गरे। उनका अनुसार त्यो कामको अगुवाई समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई नै उनले दिएका छन् ।
स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. भट्टराई बीच पटकपटक भएको वार्तापछि सांसद्हरुको हस्ताक्षर संकलनको काम थालिएको हो ।
तर, पूर्व माओवादी पक्षकै केही सांसद्ले ‘गर्नै नहुने काम’ भनेर विरोध गरेपछि प्रचण्ड अब के गर्ने कसरी अगाडी बढ्ने भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष पनि पटकपटक छलफल गर्न पुगेका छन्।
श्रोतका अनुसार माधव नेपाल पक्षलाई समेत भड्काएर बाबुराम पक्ष वा कांग्रेस जसलाई साथमा आफु अनुकुल हुन्छ त्यसरी नै अगाडी बढ्ने र देशमा फेरी अस्थिरता निम्ताएर अनेक खेल खेल्ने योजना प्रचन्डले बनाएको बताईएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend