
बैशाख १७, चितवन । सुनचांँदी व्यवसायी संघ, चितवनले गरगहना बनाउने दुईसय कालीगढलाई राहत वितरण गरेका छन । लकडाउन समय लम्बिदै जांँदा उनीहरुको दैनिक जीवननै कष्टकर बन्दै गएको भन्दै १ महिनालाई पुग्ने राहत वितरण गरेका हुन ।
जिल्लामा रहेका सुनचांँदी पसलमा रहेका कालिगढ र उनीहरुको परिवारलाई राहत पुगोस भन्ने उद्धेश्यले राहत वितरण गरिएको सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए । ‘लकडाउन थपिदै जांँदा उनीहरुको दैनिक जीवन कठिन भएको महसुस गर्यौं उनले भने, सोही अनुसार यो अभियान चलाएका हौं ।’ उनका अनुसार अधिकांश कालीगढ भारत वंगलादेश र अन्य जिल्लाका रहेका र घरसमेत जान नपाएका कारण राहत वितरण गरिएको हो ।
‘व्यवसायनै मर्कामा परेको बेला समाजिक दायित्व पुरागर्ने र व्यवसायिक धर्म निभाउने उद्धेश्यले कालीगढलाई राहत वितरण गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष एवं राहत वितरण संयोजक टेकबहादुर विश्वकर्माले बताए । ‘अहिले हामी व्यवसायी सबै मर्कामा छौं, तरपनि यस्तो अवस्थामा हामीले व्यवसायिक धर्मलाई निरन्तरता दिएका छौं । ’उनले भने ।
लकडाउनका कारण सबै कालीगढले काम गर्न नपाएको र आर्थिक समस्यामा परेकोले राहत कार्य अघि बढाईएको सुनचांँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष रुवीन रामुदामुले बताए । ‘एक त उनीहरुले काम गर्न नपाएको धेरै लामो समय भयो उनले भने, यस्तो अवस्थामा हामीले मानवीय धर्मपनि निभाउनुनै परयो ।’ विगत १९ दिनदेखि बेसाहारालाई दैनिक भोजन खुवाईदै आएको र आजदेखि कालीगढलाई राहत वितरण गरिएको उनले जानकारी दिए ।
खाना खुवाइने अभियान सुनचांँदी सम्बद्ध चारवटा संस्थाको समन्वयमा भएपनि राहत वितरण भने सुनचांँदी व्यवसायी संघले गरेको संघका कोषाध्यक्ष निलेमान शाक्यले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आउने अन्य कालीगढलाई समेत राहत वितरण अभियानलाई निरन्तरता दिइनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend