
१९ वैशाख, धादिङ्ग । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कै बीच देशका विभिन्न स्थानमा दादुरा रोगको प्रकोप देखिएपछि त्यसको रोकथामको लागि खोप अभियान शुरु गरिएको छ । धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा तीन महिनाको बीचमा तीन पटक दादुराको प्रकोप देखिएपछि स्वास्थ्य सेवा विभागले विशेष खोप अभियान शुरु गरेको हो ।
सो अभियान अन्तर्गत शुक्रबार गजुरी गाउँपालिकाले ६ महिनादेखि १५ बर्ष उमेर समूहका बालबालिकाहरुलाई मिजल्स र रुवेलाविरुद्धको खोप खोऊन थालिएको छ । अभियानमा भिटामिन ए को औषधि समेत खुवाईको छ । साथै यो अभियानमा गजुरी गाउँपालिकाका सहयोगी स्वयंसेवक संस्थाहरू लायन्स क्लब अफ धादिङ गजुरी, गजुरी समुदायिक विकास समाज र गजुरी रूद्रेशवर आमा समूह द्वारा बिशेष कार्य सुरु गरिएको छ |
कोरोना संक्रमणको जोखिममा रहेकै बेला देशका विभिन्न स्थानमा दादुरा रोग फैलिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार अहिलेसम्म झापा, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, धादिङ र गोरखामा गरी १८५ जनामा दादुरा संक्रमण देखिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend