सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

समाज उत्थान महिला मंच नेपाल गर्यो वास्तविक तीन सय परिवारलाई राहत वितरण

समाज उत्थान महिला मंच नेपाल गर्यो वास्तविक तीन सय परिवारलाई राहत वितरण

लकडाउनको ४० औ दिन पुग्दा काठमाडौँको बसपार्क क्षेत्रमा घर जान नपाएका मजदुर विपन्न, सडक बालबालिका, अपाङ्ग असाहय र रोगीहरुलाई समाज उत्थान महिला मंच नेपालले राहत वितरण गरेको छ।

लकडाउनले साच्चिकै समस्या भोगीरहेका वडा वा अन्य कुनै निकायबाट राहत नपाएका वास्तविक समस्या भएका पहिचान गरी करिव तीनसय परिवारलाई राहत वितरण गरीएको समाज उत्थान महिला मंच नेपालकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनु भयो

देउसी भैलो खेलर उठाएको पैसाले आफुहरुले राहत वितरण गरेको र ३०० सय जनाको योजना बनाएको भए पनि घरमा केहि नभएका सुत्केरी महिलाहरु आउँदा आफुहरुले जसरी भए पनि राहत बाड्नु पर्ने भएको समेत उँहाको तर्क छ।

त्यस्तै बसपार्क क्षेत्रमा विभिन्न मजदुरहरु अपाङ्ग असाहय रहेकोले यो राहतले धेरैलाई सहयोग पुग्ने भन्दै आफुहरुको सक्रियतामा मात्र अहिलेसम्म सात हजार बढीलाई राहत वितरण गरेको काठमाडौँ महानगरपालिका वडा अध्यक्ष २६ अध्यक्ष ख्याम राज तिवारीले बताउनु भयो।

राहत वितरण गर्दा केहि स्थानिय तहले पार्टी र भोटर हेरीरहेको अवस्था संगठित मजदुरलाई आफ्ना संगठनले सहयोग गरीरहेको बेलामा केहि नभएका वा कहिँ आवद्ध नभएका वास्तविक समस्यामा परेकालाई पहिचान गरेर समाज उत्थान महिला मंच नेपाल राहत वितरण गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले धन्यवाद दिनुभयो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend