बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

अटो मेकानिकल व्यवसायीद्धारा यातायात मजदुरलाई राहत सामाग्री

अटो मेकानिकल व्यवसायीद्धारा यातायात मजदुरलाई राहत सामाग्री

बैशाख २०, चितवन । अटोमोवाइल व्यवसायीद्धारा जिल्लामा रहेका यातयात मजदुर, मेकानिक्स, श्रमिक लगायतलाई खाद्यान्न वितरण गरिएको छ । यातायात मजदुर माथि राज्यको आंँखा नपरेको र स्थानीय सरकारले समेत वेवास्ता गरेको भन्दै व्यवसायीहरुले राहत वितरण गरेका हुन । चितवन अटो मेकानिकल व्यवसायी संघ,र अटोमेकानिकल वचत तथा ऋण सहकारी संस्था,नारायणढको सहकार्यमा आज एकसय घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।
नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक , सहचालकलाई दैनिक जीवन यापन गर्न कठिन भएकोले राहत सामाग्री वितरण गरिएको बताए । ‘उनीहरुमाथि नत राज्यको आंँखा पर्यो नत स्थानीय सरकारनै उनले भने, काम र माम नपाएकालाई हामीले राहत वितरण गरेका हौं ।’ उनका अनुसार त्यस्ता घर परिवारलाई तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयावीन लगायतका खाद्य सामाग्री वितरण गरिएको छ ।
चितवन मेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर लोहनीले व्यवसायसंँगै मजदुरसमेत मर्कामा परेकोले उनीहरुलाई राहत वितरण गर्ने अभियान शुरु गरेको बताए । उनीहरुसंँग न काम छ , न खानानै उनले भने त्यसैले हामीले मानवीय धर्म र कर्तव्य पुरा गरेका हौं । उनका अनुसार लकडाउन अवधिभर यो अभियानलाई निरन्तरता दिइनेछ ।
वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल ऋण तथा बचत सहकारीका अध्यक्ष नारायण कंडेलले भारत र जिल्ला बाहिर घर भएर यहांँ अटोमोवाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरी राहत सामाग्री वितरण गरिएको बताए । ‘लकडाउनमा विपन्न परिवार, ज्यालमजदुर सबैले राहत पाईरहेको देख्यौ, उनले भने, यातायात मजदुरले हालसम्म केही पाएका रहेनछन, त्यसैले हामीले यो अभियान थालेका हौं ।’ उनका अनुसार लकडाउनका कारण यातायात क्षेत्र अस्त व्यस्त रहेको र यसको टुंगो निश्चित नरहेकोले यो क्षेत्रमा आश्रितलाई राहत सामाग्री वितरण गरिएको उनको भनाई छ । हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमीक , मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । आज एकसय जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कंडेलको भनाई छ ।
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ वटा बस्तुगतसंघले लकडाउन शुरुभएदेखिनै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।
‘हरेक उद्योग व्यवसायमा ज्याला मजदुरको उत्तिकै महत्व हुन्छ, उनले भने, विपदको बेलामा हामीले अभिभावक्तको भूमिका निर्वाह गरेका हौं ।’ संस्थागत सामाजिक उत्तरदायित्व बहन र मानवीय धर्म निभाउने उद्धेश्यले उद्योग व्यवसायीले जिल्लाभरनै राहत सामाग्री वितरण कार्यालयलाई तीब्रता दिईदै आएको श्रेष्ठले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend