शनिबार, बैशाख १३ २०८२

शनिबार, बैशाख १३ २०८२

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा ‘उत्सव र उमङ्ग, सिटी एक्स्प्रेससँग’ साङ्गितिक कार्यक्रम आयोजना गर्दै

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा ‘उत्सव र उमङ्ग, सिटी एक्स्प्रेससँग’ साङ्गितिक कार्यक्रम आयोजना गर्दै

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा “उत्सव र उमङ्ग, सिटी एक्स्प्रेससँग” साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी एक्सप्रेसले आउदो मे १९ तारिख युएईस्थित बरदुबईको ‘एसके सेवेन’ क्लबमा साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले प्रस्तुती दिने छन् । कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले बिशेष प्रस्तुती दिने भएका छन् ।

आफ्नो ग्राहक बर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरन्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend