शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

लकडाउनको समयमा युवा व्यवसायी ओझाको उदारणीय काम राहतदेखि रक्तदानसम्म

लकडाउनको समयमा युवा व्यवसायी ओझाको उदारणीय काम राहतदेखि रक्तदानसम्म

२० वैशाख, चितवन । झण्डै डेढ महिनासम्म देश लकडाउनबाट गुज्रिरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर १२ का युवा व्यवसायी सुजन ओझाले सामाजिक र मानवीय काम गरेर उदाहरण बन्न सफल हुनु भएको छ ।

सानैदेखि मनकारी स्वभावका ओझा छोटो समयमै एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । उहांँले आफ्नो व्यवसाय संँगै सामाजिक कामलाई समेत निरन्तरता दिदै आउनु भएको छ । ओझाले लकडाउनको समयमा प्रताडित र दैनिक जीवन यापन गर्न कठिन त्यस्ता व्यक्तिहरुलाई खाद्य सामाग्री एवं आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

लकडाउनको शुरुवाती क्षणमै उहाँले देवघाटमा रहेका २६ विपन्न परिवारलाई खाद्यसामाग्री प्रदान गर्नुभयो । उहाँ यतिमा मात्र सिमीत रहनु भएन आफ्नै वडाका विपन्न परिवार, ज्यालमजदुरलाई समेत उहाँले खाद्य सामाग्री वितरण गर्नुभयो । ‘सबैभन्दा ठूलो धर्म मानव सेवा नै बताउने ओझा भन्नुहुन्छ, मानवसेवा जस्तो संसारमा कुनै छैन , पैसा त जसले कमाउन सक्दछ । ’ लकडाउनको समयमा उहाँले व्यक्तिगत रुपमा राहत वितरण गर्दै आउनु भएको छ । त्यति मात्र होइन ओझाले दर्जनौ संस्थालाई खाद्य सामाग्री, आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

व्यवसायको धर्म व्यवसायमात्र नभई मानवसेवा पनि अनिवार्य गर्नुपर्ने उहांँको भनाई छ । सानैदेखि दयालु स्वभाव र दु:खी गरीबको भावना बुझ्ने ओझाले विभिन्न संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा समेत सक्रिय हुनुहुन्छ । ‘मैले मेरो हैसियतले भ्याएसम्म मानवसेवा गर्दै आएको छु, उहाँले भन्नुभयो, चाहे त्यो आर्थिक सहयोग तथा मानव सेवा नै किन नहोस ।’ उहाँका अनुसार ओझाले आफ्नो जीवनकालमा २० पटकभन्दा बढी रक्तदान गरिसक्नु भएको छ ।

लकडाउनको समयमा रगत अभाव हुने भएकोले आफूले रत्तदान गरेको बताउनु भयो । ‘मैले विभिन्न संस्थामार्फत रक्तदान कार्यक्रमलाई समेत तीब्र बनाएको छु साथी भाईहरुलाई समेत आग्रह गरेको छु’ उहाँले भन्नुभयो । उमेरले ३ दशक मात्र काट्नु भएका ओझा मानव सेवा गर्न पाउंँदा सन्तुष्ट मिलेको बताउनु हुन्छ । ‘मलाई मानव सेवा गर्दा अलग्गै आनन्द प्राप्त हुन्छ उहाँले भन्नुभयो, हुने खाने वर्गले हुंँदा खांँदालाई सहयोग गर्नुभएको छ ।’ आफ्नो व्यवसाय धर्मको साथै मानवीय धर्म निभाउनु भएका ओझाले देशमा विगतका समयमा पनि देशलाई विपद परेको बेला आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । यस्तो महामारीको बेला राज्यको मुख ताक्न नहुने भन्दै आम युवाहरुले हातेमालो गर्नुपर्ने उहाँको भनाई छ ।

मानव धर्मलाई सर्वोपर्री ठान्ने उहाँ दर्जनौ संस्थाबाट सम्मानित भईसक्नु भएको छ । भविष्यमा समेत समाजसेवा र मानवसेवालाई निरन्तरता दिदै जाने उहाँले प्रतिबद्धता जनाउनु भयो । अहिलेको २१ औं शताब्दीको यो भौतिक संसारमा मानवीयता हराउंँदै गएको बेला युवा व्यवसायी एवं परोपकारी ओझाबाट केही सिक्ने कि?

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend