मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि

२१ वैशाख, नेपालगञ्ज । नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्राेतका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। यसअघि आजै नेपालगञ्जमा ९ र बारामा एक जना कोरोना संक्रमित भेटिएका थिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छन्।

बाँकेको नेपालगञ्जमा आइतबार एकैदिन १५ जना नयाँ संक्रमित भेटिएका हुन्। बाँकेमा कुल संक्रमितको संख्या १६ पुगेको छ।

संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्यको खोजी भइरहेको छ।

वैशाख १७ गते फूलबारी मस्जिदमा जाँच गर्दा एक जना ६० वर्षीय पुरुषमा कोरोना देखिएपछि उनको घर, उनी जाने मस्जिद र पढाउने मस्जिदलाई सिल गरिएको थियाे।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खाेजी गरी स्वाब परीक्षण गर्दा नयाँ संक्रमितहरु फेला परेका हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend