सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

प्रभावकारी बन्दै काठमाडौँ छिर्ने नाकामा सुन्दर यातायातले राखेको डिसइन्फेक्सन टनेल

प्रभावकारी बन्दै काठमाडौँ छिर्ने नाकामा सुन्दर यातायातले राखेको डिसइन्फेक्सन टनेल

काठमाडौँ, वैशाख २१ गते । सवारी साधनबाट कोभिड–१९ को हुन् सक्ने जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ छिर्ने मुख्य नाका नागढ़ूँगामा सुन्दर यातायात प्रालिले राखेको डिसइन्फेक्सन टनेल प्रभावकारी देखिएको छ।

आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल र सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले निरिक्ष्ण गर्दै सडकमा राखिएको उक्त टनेलमा गाडी प्रवेश गरेपछि केमिकलयुक्त पानीको फोहराले गाडीलाई डिसइन्फेक्सन गर्नु महत्वपूर्ण भएको भन्दै बाहिरबाट आएका सवारी साधनका किटाणुलाई रोक्न प्रभाकारी हुने भन्दै अन्य ठाँउमा समेत बिस्तार गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ।

स्वास्थ्य मन्त्रालयसंगको समन्यवमा मानिसका लागि हानि नहुनेखालको केमिकल प्रयोग भए पनि अहिलेसम्म गाडीलाई मात्रै हालिएको र यो प्रभावकारी भएमा काठमाडौँको मुख्य नाका र देशका प्रमुख शहरमा यस्तै टनेल राख्ने योजना रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट