शनिबार, बैशाख १३ २०८२

शनिबार, बैशाख १३ २०८२

अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले विन्डवार्ड भोल्कानोजलाई ४ विकेटले हरायो

अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले विन्डवार्ड भोल्कानोजलाई ४ विकेटले हरायो

काठमाडौँ । टी–२० विश्वकपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा विन्डवार्ड भोल्कानोजमाथि ४ विकेटको जित हासिल गरेको छ ।

मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १ सय ९७ रनको लक्ष्य नेपालले १९।३ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालको जितमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । भुर्तेलले ४२ बलमा ७१ रन हिर्काए भने ऐरीले २५ बलमा नटआउट रहँदै ५२ रन बनाए ।

सोमपाल कामीले ३५ रन तथा आशिफ शेखले २६ रनको योगदान दिए । भोल्कानोजका लागि ल्यारी एडवार्डले ३ तथा निकलस रेडहेडले २ विकेट लिए ।

यसअघि कप्तान रोहित पौडेलले ३ तथा ऐरीले १ विकेट लिएपछि भोल्कानोजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । टोलीका लागि डिलन डगलसले २६ बलमा ५० रन तथा ए अगस्टेले २६ बलमा ४१ रन बनाए ।

नेपालले भोल्कानोजसँग तीन खेल खेल्नेछ । दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend