logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    कैलाश हेलिकोप्टरले ६ महिनामा गर्यो ३१ करोड व्यापार, प्रिमियममा आइपिओ ल्याउदै

    कैलाश हेलिकोप्टरले ६ महिनामा गर्यो ३१ करोड व्यापार, प्रिमियममा आइपिओ ल्याउदै

    1.4K
    Shares
    कैलाश हेलिकोप्टरले ६ महिनामा गर्यो ३१ करोड व्यापार, प्रिमियममा आइपिओ ल्याउदै

    काठमाडौं । निजी लगानीमा सञ्चालित कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले ६ महिनामा ३१ करोड रुपैयाँ व्यापार गरेको छ ।

    कम्पनीले २०२३ मा ७० करोड २० लाख, २०२२ मा ४० करोड ४० लाख, २०२१ मा ३२ करोड १० लाख र २०२० मा ३० करोड ६० लाख रुपैयाँको व्यापार गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । कैलाशको वित्तीय वृद्धि स्वस्थ्य रहेको छ ।

    कम्पनीले ५० प्रतिशत आम्दानी एडभेचर्स टुरिजमबाट गरेको छ । यस्तै एभरेष्ट वेसक्याम्प र अन्नपूर्ण वेस क्याम्पबाट उद्धारबाट ३० र कार्गो अपरेशनबाट २० प्रतिशत आम्दानी गरेको कम्पनीले जनाएको छ । ५५ प्रतिशतसम्म आम्दानी २० वटा टुर्स एन्ड ट्राभल्स कम्पनीबाट हुने गरेको कैलाशले जनाएको छ । कूल आम्दानीको ४५ प्रतिशत हिस्सा विदेशी मुद्रामा छ । कैलाश हेलिकोप्टरले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको छ । कम्पनीले आइपिओ निष्कासन गरेर थप पुँजी जुटाउने योजना बनाएको छ ।

    कैलाशले हेलिकोप्टर सेवा सञ्चालन गरेको ६ वर्ष पुरा भएको छ। कैलाशले २०७४ चैत १० गते (२०१८ मार्च २३ तारिख) देखि दुईवटा हेलिकोप्टरबाट सेवा सुरु गरेको थियो । छैठौं वर्षमा आइपुग्दा कैलाशसँग एयरबसका ३ वटा हेलिकोप्टर छन् । आगामी पाँच वर्षमा कम्तिमा २ वटा हेलिकोप्टर थप्ने योजना सार्वजनिक गरेको छ ।

    नेपाल नागरिक उडड्यन प्राधिकरणको नीतिअनुसार आउँदो पाँच वर्षमा हेलिकोप्टरको संख्या पाँच पुग्ने छ । कम्पनीहरुले हेलिकोप्टर संख्या ५ वर्षमा ५ वटा पुर्याउनु पर्ने नीतिलाई अनुसरण गरी सञ्चालक समितिले पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो।

    २०७६ भदौमा कम्पनीले एउटा हेलिकोप्टर थपेको हो । ३० करोड रुपैयाँ लगानीमा स्थापना भएको कैलाश हेलिकोप्टरले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिएर पुँजी साढे ३१ करोड रुपैयाँ पुर्याएको छ । उक्त वर्ष कैलाशले १० प्रतिशत नगद लाभांश बाँडेको थियो ।
    कैलाश हेलिकोप्टरले १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा निष्कासन गर्ने भएको छ ।

    आइपिओ जारी गर्न कैलाशले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

    आइपिओ निष्कासन गर्न कैलाश हेलिकोप्टर पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण भएको छ। आइपिओ निष्कासन गरेर पूँजी वृद्धिपछि सन् २०२४ र २०२६ मा १ १ वटा हेलिकोप्टर थप्ने योजना कैलाशको छ । कम्पनीले तीनवटा एअरबस एएस ३५० बाट कम्पनीले सेवा दिँदै आएको छ ।

    कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन कार्गो स्लिङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एडभेञ्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend