शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

एमाले संसदीय दलको बैठक सुरु

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । एमालेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नेछ ।

संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका छन् । उक्त नीति तथा कार्यक्रम जेठ ९ मा पारित गर्ने संघीय संसद सचिवालयकाे कार्यसूची छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद बैठक र सडक संघर्ष समेत शुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।

त्यस्तै, बैठकमा गिरीबन्ध टि स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ ।

नेपाली काँग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend