logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • काठमाडौं महानगरपालिकाद्वारा घरवहाल कर लगायतको बजार अनुगमन तिब्र

    काठमाडौं महानगरपालिकाद्वारा घरवहाल कर लगायतको बजार अनुगमन तिब्र

    1K
    Shares
    काठमाडौं महानगरपालिकाद्वारा घरवहाल कर लगायतको बजार अनुगमन तिब्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तिब्र पारेको छ ।

    वैशाख २१ गतेबाट शुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ ।

    महानगरपालिकाको राजश्व विभागले ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ अभियानको रुपमा तीन प्रकारका राजश्व अनुगमन टोलीको व्यवस्था गरेर बजारमा परिचालन गरेको हो । महानगरले जनप्रतिनिधि, कर्मचारी, राजश्व विभाग कर्मचारी सहितको टोलीले पसल तथा कम्प्लेक्सहरुमा घरबहाल कर र महानगरलाई तिर्नुपर्ने कर तिरे/नतिरेकोबारे अनुमगन थालेका हुन् ।

    महानगरले कर बुझाउने करदातालाई धन्यवाद दिने र कर नबुझाउने करदातालाई कर तिर्न आग्रह गर्ने अभियान चलाएको बताएको छ । महानगरको टोलीले न्युरोड क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनको क्रममा व्यवसाय दर्ता भएपनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाडौं महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताए ।

    उनले नेपाल सरकार र महानगरलाई पनि घरबहाल कर तिर्नुपर्ने भएकाले समस्या देखिएको बताए । उनले घर भाडा तिरेको बहालकर तिर्ने रकम फरक पाइएकाले महानगरपालिकाले विचार गर्नुपर्ने देखिएको बताए । उनले वास्तविक भाडा अनुसार घरबहाल करको मापदण्ड बनाउन जरुरी रहेको बताए ।

    उनले भने, ‘यथार्थ बहाल कर, व्यवसाय कर तिरेको हो की होइन भन्नेकुरा मापन गर्न खोजेका हौँ । यताउता फरक देखिएको छ । व्यवसाय त धेरै छ, नविकरण गर्न बाँकी छ, कोही एक दुई वटा फाट्टफुट्ट दर्ता भएको छ । उहाँहरुलाई हामीले दर्ता गर्न निर्देशन दिएका छौँ । हुन्छ भन्नुभएको छ । बहाल कर ठाउँ एउटै भएपनि फरक फरक कर तिरेको भेटिएको छ । महान्गरले बहाल करको मापदण्ड बनाइदिए व्यवसायीहरुले तिरेर जाने कुरा बताउनुभएको छ । मापदण्ड बनाउनुपर्छ एउटै भन्ने उहाँहरुको माग छ ।’

    महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका शर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ समेत जारी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend