
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ कोरोना संक्रमित निको भएका छन्।
प्रदेश एक सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो।
पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले निको भएका ६ जनालाई भोली बिहान ८ वजे डिस्चार्ज गरिने भएको छ।
गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जनामध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको उनले बताए।
डिस्चार्ज हुने तयारीमा रहेका सबै भारतीय नागरिक हुन्। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend