logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • क्यानद्धारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

    क्यानद्धारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

    2.4K
    Shares
    क्यानद्धारा सन्दीप लामिछानेको निलम्बन फुकुवा

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गरेको छ।

    बलात्कार मुद्दामा उच्च अदालत पाटनले निर्दोष ठहर गरी सफाई दिएपछि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको होे । अब क्यानले उनलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरी विश्वकप खेल्न पठाउने भएको छ ।

    उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई बुधबार निर्दोष ठहर गरी सफाई दिएपछि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको हो ।

    जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेको हो ।

    गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

    हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय भट्ट र ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको छ ।
    उच्च अदालतले सन्दीपलाई निर्दोष भएको दुई प्रमुख आधार दिएको छ । पहिलो आधार गौशाला २६ नाबालिक भन्ने दाबी प्रमाणित नभएको र दोस्रो आधार जबरजस्ती करणी गरेको सिसी टिभीको फुटेजको सबुत प्रमाणले पुष्टि नगरेको ठहर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend