
काठमाडौं– सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको जोखिम अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो।
सरकारले यसअघि थपेको १० दिन लकडाउन बिहीबारबाट सकिँदै थियो। चैत ११ बाट सुरु भएको लकडाउन बिहीबार ४५ दिन पूरा हुँदैछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend