शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

भारतबाट आएका ब्याक्तिमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि नुवाकोटमा एक जना आइसोलेशनमा

भारतबाट आएका ब्याक्तिमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि नुवाकोटमा एक जना आइसोलेशनमा

२४ वैशाख, नुवाकोट। विदुर नगरपालिकाका एक व्यक्तिलाई कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनी एक महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए ।

अपराह्न ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार थालिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले सुनौलो नेपाललाई जानकारी दिए ।

बुधबार उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । आज कोरोना भाइरसको आशंकामा आइसोलेशनमा राखिएको उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट