
२९ वैशाख, काठमाडौं । सुन्दर यातायात प्रालिले भक्तपुरको जगातीमा निर्माण गरेको सवारी डिसइन्फेक्सन टनेलको आइतबार शुभारम्भ गरीएको छ।
पुर्व मन्त्री महेश बस्नेतले स्विच थिचेर टनेलको औपचारीक शुभारम्भ गर्नुभएको थियो । सो कार्यक्रममा भाक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सूर्यविनायक नगरपालिका का उप-प्रमुख, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन भएसँगै आइतबारदेखिनै ‘डिसइन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ। काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको सुन्दर यातायात प्रालि अध्यक्ष भेष बहादुर थापाले बताउनु भयो।
सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो उसले यसअघि नै चन्द्रागिरि नगरपालिका २ स्थित नागढुंगा नाकामा यस्तो ‘डिसइन्फेक्सन टनेल’ बनाईसकेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend