काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको हो ।
गत जेठ १ गते बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गरेका हुन् ।