
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। पास पाएपछि उनी बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरेको झापाका सिडिओ उदय बहादुर रानामगरले जानकारी दिए।
पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीबार रद्द भएको थियो। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका थिए।
बिहीबार जारी भएको पास गृहमन्त्रालयको स्वीकृत नभएको भन्दै रद्द गरिएको थियो। पछि गृहले पास दिन भनेपछि बिहीबार नै उनलाई पास दिइएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend