आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

भारतको मुम्बईबाट दुई बस चितवनका नागरीक स्वदेश फर्किदै

भारतको मुम्बईबाट दुई बस चितवनका नागरीक स्वदेश फर्किदै

चितवन । भारतमा कोरोनाको संक्रमण बढ्दै गएको सन्दर्भमा त्यहाँ रहेका अन्य नेपालीहरु झैं माडीबासीहरु समेत स्वदेश फर्कन प्रस्थान गरेका छन् ।

भारतको मुम्बई शहरबाट मात्रै २ वटा बसमा ७५ जना प्रवासी माडीबासीहरु स्वदेश फर्किन यात्रामा रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । एउटा बसमा ५० जना र अर्कोमा २५ जना नेपालतर्फ आइरहेको र उनीहरु केहि समयमै ठोरी वा सुनौली नाकामा आइपुग्ने आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

स्वदेश फर्किरहेकाहरुलाई उच्च सतर्कताका साथ सुरक्षित रुपमा नेपाल प्रवेश गराई माडीमै अनिवार्य २१ दिने क्वारेन्टाइनमा राखिने नगरप्रमुख ढकालको भनाई छ । यसका लागि चितवनका प्रमुख जिल्ला अधिकारी र वागमती प्रदेश सरकारसंग नगरपालिकाले समन्वय गरिरहेको उहाँले जनाउनुभयो ।

भारत लगायतका अन्य देशहरुबाट अन्य नेपालीहरुझैं थप माडीबासीहरु स्वदेश फर्किन लागेका वा त्यस्तो योजनामा रहेको बुझ्न सकिन्छ । माडी नगरपालिकाले भने घर फर्किएका सबैलाई उच्च सर्तकताका साथ क्वारेन्टाइनमा राख्ने योजनाअनुरुप हरेक वडामा क्वारेन्टाइन सेन्टर तयार गरिरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend