मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

भारतीय ट्रक र कन्टेनरका चालक–सहचालकलाई ‘स्वास्थ्य प्रमाणपत्र’ अनिवार्य गर्न माग

भारतीय ट्रक र कन्टेनरका चालक–सहचालकलाई ‘स्वास्थ्य प्रमाणपत्र’ अनिवार्य गर्न माग

बुटवल : भारतबाट सामान ल्याउने ट्रक र कन्टेनरका चालक–सहचालकलाई निरोगिताको प्रमाणपत्र (‘स्वास्थ्य प्रमाणपत्र’ ) समाजवादी पार्टीले  अनिवार्य गर्न माग गरेको छ ।

भारतका विभिन्न ठाउँबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चारदेखि पाँच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुँदै नेपाल आउने गरेका छन् ।

नेपाल प्रवेश गर्ने उनीहरुको भन्सारमा  राम्रोसंग स्वास्थ्य चेकजाँच नहुने र नेपालका विभिन्न जिल्लामा समुदायसम्म पुग्ने भएकाले कोरोना संक्रमणको डर भएको समाजवादी पार्टीले जनाएको छ । उनीहरुलाई ‘स्वास्थ्य प्रमाणपत्र’ अनिवार्य गर्न र सीमामा स्वास्थ्य जाँच विश्वसनीय ढंगले गर्न पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादवले विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।

पेट्रोलियम पदार्थ, औषधिसहित नेपालमा उपलब्ध नहुने सामानबाहेक अन्य सामान लकडाउन अवधिभर आयात रोक्न पनि माग गरेका छन् ।

भारतीय चालक र सहचालकले ट्रक र कन्टेनरमा यात्रु समेत बोक्ने गरेकाले कोरोना संक्रमणको जोखिम रहेको औंल्याउंदै समाजवादी पार्टीले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसंग माग गरेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend