logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

    ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

    936
    Shares
    ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार

    काठमाडौं । दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।

    पत्रकार सम्मेलनमा दोस्रो संस्करणका रूपमा दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले उपाधि हात पारेका थिए । उपविजेता जेनिश क्षेत्री थिए । विजेताले १० लाख पुरस्कार, विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् ।

    उपबिजेताले नगद ५ लाख रुपैयाँका साथै विदेशमा प्रश्तुतिको अवसर पाउनेछ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने बताइएको छ । ३२ एपिसोडसम्म प्रशारण गरिने नेपहपको श्रीपेच –२ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् ।

    यो रियालिटी शोका निर्देशक निकेस खड्का छन् । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यो सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ दोङ रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend