शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

लकडाउनको मौका छोपी सुनचाँदी पसलमा चोरी

लकडाउनको मौका छोपी सुनचाँदी पसलमा चोरी

जनकपुरधाम :  लकडाउनको ५४ औं दिन शनिबार जनकपुरधामस्थित एक सुनचाँदी पसलबाट लाखौँ मूल्य बराबरको सुनचाँदीका गरगहनाहरु चोरी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ रामानन्दचोकमा श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट छतको भेन्टिलेसन फोडेर लाखौंको गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेको सुन र चाँदीले बनेका सबै गरगहना र नगद समेत चोरी भएको पसलका सञ्चालक साहले बताए । आज दिउँसो पसल पुग्दा छतको भेन्टिलेसन फोडेको देखेपछि प्रहरीलाई खबर गरेको साहले जानकारी दिए ।

भेन्टिलेसन सानो रहेकोले त्यसमा बच्चा मात्रै प्रवेश गर्नसक्ने भन्दै उनले आफ्नो पसलमा कुनै बच्चाको प्रयोग गरेर चोरी गरिएको आशंका व्यक्त गरेका छन् । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend