शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

आफ्नै साथीको हत्या गरेर खाल्डोमा गाडेकोे आरोपमा ४ जना पक्राउ

आफ्नै साथीको हत्या गरेर खाल्डोमा गाडेकोे आरोपमा ४ जना पक्राउ

पोखरा : पोखरामा १ युवाको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै साथीको हत्या गरेर खाल्डोमा गाडेकोे आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-१४ सैतरामा रहेको सुकुम्बासी बस्तीमा १ महिना पहिले विमल रानाभाटलाई घनले हानी हत्या गरेपछि मकैबारीमा खाल्डो खनेर पुरेको आरोपमा सोही ठाउँ बस्ने ज्ञानबहादुर परियारसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी ज्ञानबहादुर परियार, सागर परियार, कुमार परियार र सञ्जय दर्जी रहेका कास्की प्रहरीले जनाएको छ ।

१महिना अगाडी परियारले रानाभाटलाई आफ्नै कोठामा घनले हानेर मारेको र मकै बारीमा लगेर पुरेको अवस्थामा शव फेला पारिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend