logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • ‘४० वर्ष कटेपछि चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्ने समस्या भए महिनावारी सुक्न लागेको बुझ्नुपर्छ’ (अन्तर्वार्ता)

    ‘४० वर्ष कटेपछि चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्ने समस्या भए महिनावारी सुक्न लागेको बुझ्नुपर्छ’ (अन्तर्वार्ता)

    3K
    Shares
    ‘४० वर्ष कटेपछि चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्ने समस्या भए महिनावारी सुक्न लागेको बुझ्नुपर्छ’ (अन्तर्वार्ता)

    ४० वर्ष नाघेपछि महिलाहरूले आफ्नो शरीरमा केही परिवर्तन भएको पनि महसुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरूको परिवर्तन यही उमेरबाट सुरु हुन्छ । जसले गर्दा उनीहरूमा शारीरिक र मानसिक साथै अरू कुराहरूमा पनि परिवर्तनहरू हुन सुरु हुन्छ ।

    न्युज एजेन्सी नेपालले आज ४० वर्ष पुगेपछि महिलाहरूमा हुने मानसिक र शारीरिक परिवर्तन, कठिनाइ र उपचारका बारेमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मिना थापासँग कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले ४० वर्ष पुगेपछि मानसिक परिवर्तन हुने भएकाले खानपिनमा विशेष ध्यान दिनुपर्ने बताइन् । यसै सम्बन्धमा केन्द्रित रहेर डा. मिना थापासँग गरेको कुराकानीको सम्पादित अंश :

    ४० वर्ष माथिका महिलाहरूको स्वास्थ्य अवस्थालाई कसरी हेर्नुपर्छ ?

    ४० वर्ष नाघेपछि महिलाहरूको स्वास्थ्य अवस्थामा धेरै परिवर्तनहरू आउँछन् । ४० वर्ष पछाडि महिनावारी सुक्ने प्रक्रिया पनि सुरु हुन्छ । सबै महिलाहरूको उस्तै उमेरमा महिना सुक्छ भन्ने पनि छैन । धेरै जसोको ५०/१ मा औसत उमेर हुन्छ ।

    महिनावारी सुक्नु भनेको महिलाहरूको जुन प्रजनन सम्बन्ध जुन क्षमताहरू छन्, त्यो चाहिँ बिस्तारै कम भएर गएको भन्ने बुझिन्छ । प्रजननको लागि चाहिने जति हर्मोनहरू छ नि, ती बिस्तारै कम हुँदै जान्छन् ।

    महिनावारी सुक्नु भनेको महिलाहरूको जुन प्रजनन सम्बन्ध जुन क्षमताहरू छन्, त्यो चाहिँ बिस्तारै कम भएर गएको भन्ने बुझिन्छ । प्रजननको लागि चाहिने जति हर्मोनहरू छ नि, ती बिस्तारै कम हुँदै जान्छन् ।

    त्यो कम भएको कारण महिलाका शरीरमा परिवर्तनहरू आउन थाल्छ । त्यो शारीरिक वा मानसिक परिवर्तन हुनसक्छ ।

    कतिपयमा चाहिँ उहाँहरूको स्वास्थ्यलाई नै खराब गर्ने खालको परिवर्तनहरू पनि हुनसक्छ । ४० वर्ष पुगेपछि हुने मानसिक परिवर्तन भनेको जस्तै मेरो आमा त एकदमै रिसाएको रिसाएकै गर्ने, बुझाउन गाह्रो भयो भन्ने हुन्छ । त्यो सबै हर्मोनहरूको कारणले गर्दा भएको हो

    यो बेलामा प्रायः महिलाहरू मानसिक र शारीरिक द्वन्द्वमा हुन्छन् भन्ने छ, के यो सही हो ?

    ४० वर्ष कटेपछि हर्मोनहरूमा हुने परिवर्तनहरूले गर्दा त्यो शारीरिक मात्र नभई मानसिक रूपमा परिवर्तनहरू देखिन्छन् । जस्तो ४० वर्ष कटेपछि कतिपय दुःखी हुँदै जाने, एकदमै दिक्क मान्ने, पहिला गरेको काम पनि किन गरेछु भनेर दिक्क मान्ने । अस्थिर हुने, निन्द्रा नलाग्ने, पुरानो कुरा सम्झेर बस्ने, यौन चाहनाहरू कम हुँदै जानेजस्तो कुराहरू हुँदै जान्छ । कतिपयमा म अब ४० वर्ष पुगे, जिउ पनि नराम्रो भयो जस्ता नकारात्मक सोचहरू आउन थाल्छ ।

    त्यसैगरी शारीरिक परिवर्तनहरू पनि देखिन्छ । यसमा सबैभन्दा धेरै देखिने परिवर्तन भनेको शरीरमा अचानक तातो हुने, एक छिनमा फेरि चिसो हुने हुन्छ । त्यसलाई हामी हर्ट प्रोसेस भन्छौँ । त्यो चाहिँ त्यो चाहिँ महिनावारी सुक्ने ताका करिब ७० प्रतिशत महिलाहरूमा त्यो देखिन्छ ।

    त्यो कुरा अरूले त बुझ्दैन । मलाई तातो भयो भन्दा ‘अँ हामीलाई चिसो भएको बेला तपाईंलाई तातो हुने’ भन्ने पनि हुनसक्छ । त्यो हिसाबले द्वन्द्व निस्किन्छ । त्यो महिलाले आफूले चाहेर भएको स्थिति होइन त्यो । त्यस्तै गरेर राति निन्द्रा नलाग्ने, योनीद्वारहरू सुख्खा हुँदै जाने जस्ता समस्या पनि देखिन थाल्छ ।

    यस्तो समस्या छ भनेर चाहिँ महिलाहरूले कसरी थाहा पाउने ?

    महिलाहरूले यस्तो समस्या छ भनेर त भन्नुहुन्छ । तर परिवारको अरू सदस्यले चाहिँ त्यो कुरालाई समस्याको रूपमा मान्दैन । जस्तै महिलाले मलाई एकदमै छटपटी हुन्छ । निन्द्रा लाग्दैन, रेष्टलेस हुन्छ । घर परिवार र आफन्तले भने तलाईं त मानसिक रोग लागेछ भनेर हतोत्साहित गरिदिने हुनसक्छ । उहाँले आफूलाई पहिचान त गर्नुहुन्छ । तर त्यो साँच्चिकै मानसिक रोग हो कि हर्मोनको कारणले भएको हो भन्नका लागि चाहिँ उहाँ डाक्टरकोमा नै आउनुपर्ने भयो । तर पहिला मानसिक रोगतिर गएर पछि गाईनोलोजिष्टतिर आउनेहरू पनि हुन्छन् ।

    भनेपछि यो समस्या महिलामा भन्दा पनि घरपरिवारले नबुझ्दा भएको हो ?

    हो । त्यसलाई समस्याको रूपमा लिन नसकिएको हो । अथवा त्यस्तो हुन्छ भनेर रियलाइज नगर्दा पनि त्यस्तो हुन्छ । यस्तो अवस्थामा मानसिक समस्या हुनसक्छ, शारीरिक समस्या हुनसक्छ भन्ने कुरा घरपरिवारका सदस्यले जानेको भए महिनावारी सुक्न लागेर पो त्यस्तो भएको हो भनेर बुझ्थे । एकचोटी गाईनालोजिष्ट कहाँ भेटौँ न भन्ने हुन्थ्यो । त्यसकारण यसका लागि सबैले थाहा पाउन जरुरी छ । जसरी महिला हलक्क बढ्यो भने महिनावारी हुन लाग्यो है भनेर बुझ्छन् नि । त्यस्तै गरेर अब यो ४० वर्ष कटेपछि जोडो हुने, गर्मी हुने, चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्यो भनेर यसरी भन्न थाल्यो भने महिनावारी सुक्न लागेर हो कि भनेर बुझ्नुपर्ने भयो । यो कुरा समाजका सबै मान्छेले बुझ्न जरुरी छ ।

    जसरी महिला हलक्क बढ्यो भने महिनावारी हुन लाग्यो है भनेर बुझ्छन् नि । त्यस्तै गरेर अब यो ४० वर्ष कटेपछि जोडो हुने, गर्मी हुने, चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्यो भनेर यसरी भन्न थाल्यो भने महिनावारी सुक्न लागेर हो कि भनेर बुझ्नुपर्ने भयो । यो कुरा समाजका सबै मान्छेले बुझ्न जरुरी छ ।

    यो समस्याको निदान र स्वास्थ्य हेरचार चाहिँ कसरी गर्ने त ?

    राती तातो हुने, चिसो हुने, एक्कासि जुरुक्क उठ्ने अथवा मेरो छाला एकदम सुख्खा भएर गयो, योनीद्वारतिर सुख्खा हुन थाल्यो भने यस्तो अवस्थामा महिनावारी सक्नेताका भएको हो कि भनेर एकचोटी गाईनोलोजिष्टलाई भेट्न जरुरी हुन्छ ।

    अहिलेको अवस्थामा जागरुक हुने कुरामा कस्तो पाउनुभएको छ ?

    अहिले बिस्तारै यो कुरामा मानिसहरु जानकार हुँदै गएको छ । सबैको हातहातमा सोसल मिडियाले गर्दा पनि होला । यस्तो हुने बित्तिकै लौ मलाई महिनावारी सक्न लागेर यस्तो प्रोब्लम भएको हो कि भनेर आउनेहरू हुनुहुन्छ । पहिलाको हेरिकन त अहिले बढेको हो । तर यो नै पर्याप्त चाहिँ छैन ।

    यसको उपचार पद्धति के हो ?

    यो बेला हुने सबभन्दा ठुलो समस्या भनेको महिनावारी घटबढ हुने समस्या हो । त्यो बेला चाहिँ हामी कहाँ आउनुहुन्छ है । जस्तो महिनावारी कहिले एक महिनामा हुने, कहिले तीन महिनामा हुने, कहिले १५ दिनमा हुने समस्या हुन सक्छन् । यस्तो खालको भयो भने त्यस्तो अवस्थामा हामी कहाँ आई पुग्नुहुन्छ । त्यो हामीले बुझाउँछौँ । महिनावारी सुक्ने बेलामा अब हर्मोन चाहिने भन्दा कम हुँदै गयो, मेन्टेन भएन भन्ने समस्या धेरैलाई हुन्छ । त्यसको उपचार पनि छिटो हुन्छ ।

    ४० वर्ष कटेपछि सबभन्दा डर लाग्दो कुरा गर्नुहुन्छ भने हाम्रो शरीरको हड्डी साह्रै कमजोर हुँदै जान्छ । हड्डीमा, मासुमा घट्दै जान्छ । यो चाहिँ उमेर अनुसार घट्दै जाने प्रक्रिया हो ।

    ४० वर्ष कटेपछि सबभन्दा डर लाग्दो कुरा गर्नुहुन्छ भने हाम्रो शरीरको हड्डी साह्रै कमजोर हुँदै जान्छ । हड्डीमा, मासुमा घट्दै जान्छ । यो चाहिँ उमेर अनुसार घट्दै जाने प्रक्रिया हो ।

    महिलाहरूको चाहिँ महिनावारी सक्ने बेलामा त्यो प्रक्रिया धेरै छिटो हुन्छ । महिनावारी सुकेपछि बोर्नको डेन्सिटी घट्ने प्रक्रियामा एकदमै फास्ट हुन्छ । त्यसकारण त्यो चाहिँ ठुलो समस्या हो । डेन्सिटी घट्यो भने हाम्रो हड्डी छिटो भाँचिन्छ । कतिपय अवस्थामा हड्डी भाँच्चिएकै कारणले पनि मान्छेको ज्यान तलमाथि हुनसक्छ । त्यो ठुलो समस्या भयो ।

    अर्को महिनावारी सुक्ने बेलादेखि र सुकिसकेपछि मुटुको समस्या देखिन्छ । कोरोनरी हार्ट डिजिज भन्छौँ हामीले । त्यो भनेको हार्टअट्याक भन्ने कुरा हुन्छ नि । हो त्यस्तो खालको समस्या चाहिँ बढ्दै जान्छ । यस्तो अवस्थामा सुगर बढ्न सक्छ, ब्लड प्रेसर बढ्न सक्छ ।

    थाईराइड बढ्ने भन्ने चाहिँ थाहा भएको छैन । तर सबै उमेर समूहका महिलामा थाईराईडको समस्या देखिने भएकाले ४० वर्ष पछि पनि त्यो समस्या देखिन्छ । तर ह्वात्तै बढेको देखिँदैन । तर ब्लड प्रेसर, सुगर, हड्डी खिइने, पिसाबसम्बन्धी समस्या अवस्था पनि बढ्छ ।

    ४० वर्ष उमेर कटेपछि कस्तो खानपानमा ध्यान दिनुपर्छ ?

    यो उमेर लागेपछि महिलाहरू मोटाउँदै जानुहुन्छ । शरीरको बिच भागमा बढी बोसो लाग्न थाल्छ । त्यो भनेको खतरा हो । त्यसले मुटुको रोगलाई निम्त्याउँछ । सुगरलाई निम्त्याउँछ । त्यसो हुनाले उहाँहरूले एक्सरसाईजमा मात्रै होइन, खानपानमा पनि ध्यान दिनुपर्छ । पहिला जति मात्रा खानुहुन्थ्यो, अब त्यति खानु हुँदैन । किनभने उहाँको फिजिकल एक्सरसाईज पनि बिस्तारै घट्दै जान्छ ।

    खानपान घटाउँदै जानुपर्छ । क्यालोरी इन्टेक पहिला २ हजार लिनुहुन्थ्यो भने अब हजार, १२ सय क्यालोरी इन्टेक गर्नुपर्ने हुन्छ । फ्याट इन्टेक पनि कम गर्नुपर्छ । हामीले फलफूल, सागपात खान बढाउनुपर्ने भयो । त्यसले क्यालोरी इन्टेक पनि घटाउँछ । दैनिक माछा, मासु खाइन्छ भने त्यसलाई पनि घटाउनुपर्ने हुन्छ । जङ्क फुड खाने बानी घटाउनु पर्छ । त्यसले त्यसले क्यालोरी बढाउने, शरीरलाई मोटो बनाउने भयो । जङ्क फुडमा केमिकल पनि हुन्छ । अर्को प्रोसेस गरेको खानेकुराहरू पनि खानुभएन । चिया, कफीको मात्रा पनि घटाउनु पर्‍यो ।

    केही सुझाव ?

    अब चाहिँ महिलाहरूले ४० वर्ष कटेपछि आफ्नो लागि आफैले सोच्ने बेला भयो । वर्षको एकपटक कम्तीमा अस्पताल गएर आफ्नो स्वास्थ्य चेक अप गराऔँ । त्यसमा कुनै पनि समस्यालाई सानो नठानौँ, त्यसले पनि ठुलो जोखिमको रूप लिनसक्छ । मुख्य कुरा उहाँहरूले आफ्नो लाइफस्टाइललाई मोडिफाई गर्नुपर्‍यो । केही समस्या भयो भने गाईनोलोजिस्ट कहाँ आएर भेटी हाल्नुपर्दछ । बेलैमा उपचारका आए बेलैमा निदान पनि गर्न सकिन्छ । त्यसका लागि हाम्रो अस्पतालमा मैले अघि नै भनेका प्याकेजहरु छन् । परीक्षण गरौँ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend