पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका बताइएको छ ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारतले लकडाउन (बन्दाबन्दी)को अवधिलाई पुनः दुई हप्ता थप्ने तयारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार (१६ मे) भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरिएको छैन । तथापि, बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनुभएको छ ।’
यसैगरी, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्न राज्यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन् । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन।
पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend