मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बिहानै थप १० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या २९१ पुग्यो

बिहानै थप १० जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमा राजपुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै, रौतहटको इशनाथ नगरपालिका-३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए । आज कोरोना पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या संख्या २ सय ९१ पुगेको छ । जसमध्ये ३६ जना निको हुँदा १ संक्रमितको ज्यान गएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend