logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    442
    Shares
    संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

    काठमाडौँ । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक सुरु भएको छ ।

    सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सिंहदरवारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हाे ।

    बैठकले कार्यदेशको मस्यौदालाई अन्तिम रूप दिनेछ । त्यसपछि आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको घोषणा हुनेछ ।

    सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले छानबिन समिति गठनको माग गरेर लामो समयदेखि संसद् बैठक अवरोध गर्दै आएको थियो ।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहमति भएको भन्दै संसद् बैठकले समितिलाई अनुमोदन गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend