logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • भारतमा रेमाल आँधीका कारण २ जनाको मृत्यु

    भारतमा रेमाल आँधीका कारण २ जनाको मृत्यु

    1.6K
    Shares
    भारतमा रेमाल आँधीका कारण २ जनाको मृत्यु

    एजेन्सी । रेमाल चक्रवातका कारण भारतको पूर्वीराज्य पश्चिम बंगालमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । चक्रवाती तुफानले पश्चिम बंगाल र बंगलादेशको तटीय क्षेत्रहरूमा पूर्वाधार र सम्पतीमा व्यापक क्षति गरेको छ ।

    अधिकारीहरुका अनुसार पश्चिम बंगालको राजधानी कोलकाताको एन्टली क्षेत्रको बिबिर बगान क्षेत्रमा अविरल वर्षाका कारण पर्खाल भत्किँदा एक ५१ वर्षीय व्यक्तिको मृत्यु भएको हो । त्यस्तै सुन्दरवन डेल्टा नजिकैको नामखाना नजिकै रहेको मौसुनी टापुमा सोमवार बिहान रुख ढलेर एक वृद्धाको मृत्यु भएको छ ।

    चक्रवातका कारण रुख ढलेका कारण नगरको माणिकतला क्षेत्रमा तीन जना घाइते भएका छन् । अधिकारीहरूले चक्रवातले झुपडीहरू र उखेलिएका रूखहरू र बिजुलीका खम्बाहरू उखेलेको बताएका छन् । चक्रवातका कारण २१ घण्टाका लागि अवरुद्ध भएको कोलकाता विमानस्थलको उडान सेवा सुचारु भएको छ । स्थिति सामान्य हुन अझै समय लाग्ने अधिकारीहरुले बताएका छन् ।

    स्थानीय सरकारले चक्रवात आउनुअघि नै जोखिममा रहेका क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ । पीडितलाई खाना, पिउने पानी र स्वास्थ्य सहायता उपलब्ध गराएर राहत कार्य थालिएको अधिकारीहरुले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend