शनिबार, बैशाख १३ २०८२

शनिबार, बैशाख १३ २०८२

संसदीय छानबिन समितिको टीओआरमा दलहरुबीच सहमति

संसदीय छानबिन समितिको टीओआरमा दलहरुबीच सहमति

काठमाडौँ । सहकारी ठगी सम्बन्धमा गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरुबीच सहमति भएको छ ।

सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको कार्यदल सदस्य महेश बर्तौलाले बताए । उनले भने, “प्रधानमन्त्री प्रचण्डलाई सहमतिको दस्तावेज पेस गरेपछि त्यसलाई सार्वजनिक गरिने छ ।”

समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने गरी कार्यादेशमा सहमति भएको रास्वपाका शिशिर खनालले जानकारी दिए । उनले भने, “समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ ।”

441423030_1492564615021171_1205661327136785479_n

441330996_7602611959819852_7874783377826587939_n

441390760_981867363473818_3239032816746778738_n

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend