आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

इजरायलका लागि चिनियाँ राजदूत डू-वेई आफ्नै अपार्टमेन्टमा मृत फेला

इजरायलका लागि चिनियाँ राजदूत डू-वेई आफ्नै अपार्टमेन्टमा मृत फेला

इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । इजरायली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार तेल अभिभनजिकै हज्र्लियामा रहेको आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन ।

उनी गत फेब्रुअरीमा मात्र चिनियाँ राजदूतको रुपमा इजरायल आएका थिए । वेईले यसअघि युक्रेनको लागि चिनियाँ राजदूतको रुपमा काम गरेका थिए । वेईको श्रीमती र एक छोरा छन् । तर, उनीहरु इजरायलमा नरहेको बताइएको छ । उनी तेल अभिभ नजिकै हज्र्लियामा बस्दै आएका थिए ।

इजरायलको विदेश मन्त्रालयले यो समाचारको पुष्टि गर्दै अहिले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । 

बिबिसी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend