मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ, दिवेश जित्ने सम्भावना प्रबल

अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ, दिवेश जित्ने सम्भावना प्रबल

अमेरिकन आइडलको फाइनल आइतबार साँझ हुने भएको छ । अमेरिकी समयअनुसार साँझ ७ बजे एबिसी, च्यानल १० मा यो शो सुरु हुनेछ । नेपाली लोकप्रिय युवा गायक आर्थर गन’ उर्फ दिवेश पोखरेल सहभागी अमेरिकन आइडलको फाइनललाई लिएर उनका फ्यानहरु उत्साहित भएका छन् । आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् ।

अनलाईन सर्वेक्षणअनुसार आर्थर पोखरेल सबैभन्दा अगाडि रहेको यो प्रतिस्पर्धामा दिवेशले विश्वचर्चित आइडलका ३ वटै विश्वविख्यात गायक गायिकाहरुको मन जितेर विश्वभरका फ्यानहरुले पनि उनलाई भोटको वर्षा गरेका बेला धेरै अनलाईन सर्वेक्षणले दिवेश उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै आइडल जित्ने अड्कल लगाएका छन् । पुरै सिजनभर पोखरेलको निर्णायक केटी पेरी, लियोनल रिची र लुक बार्यनले उनको प्रशंसा गरेर थाकेका थिएनन् ।

उच्च शिक्षा सकेपछि उनी आफ्नो पढाई पूरा गर्न परिवारसँगै अमेरिकामा बस्दै आएका हुन् । नेपालमा रहँदा विभिन्न एल्बमहरु निकालेर सानै उमेरमा लोकप्रियता कमाएका दिवेश काठमाडौंमा जन्मिएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend