सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

भारतमा लम्बियो लकडाउन जेठ १८ सम्म

भारतमा लम्बियो लकडाउन जेठ १८ सम्म

भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ।

भारतले चौथो पटक लकडाउनको अवधि थपेको हो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो पटक थपिदा लकडाउन फरक हुने बताएका थिए। लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिँदैछ।

गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो।

भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्। उच्च संक्रमितको संख्याका आधारमा भारत ११ औं स्थानमा रहेको  छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट