आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

तीन जना कोरोना संक्रमति थपिए, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुग्यो

तीन जना कोरोना संक्रमति थपिए, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुग्यो

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।

बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको । जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको हो।

संक्रमितमध्ये ३६ जना निको भएका छन्।

 

हेराैँ विज्ञप्ति:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend