सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

फेरि लम्बियो लकडाउन, सरकार द्वारा लकडाउन जेठ २० सम्म निरन्तरता दिने निर्णय

फेरि लम्बियो लकडाउन, सरकार द्वारा लकडाउन जेठ २० सम्म निरन्तरता दिने निर्णय

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

पछिल्लो पटक थपेको लकडाउन भोलि राति सकिदै छ । यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो ।   नेपालमा हालसम्म २ सय ९५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किँदा २ जनाको मृत्यु भएको छ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend