आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

कोरोनाका नाममा हुने अमानवीय कार्य प्रति गृहको ध्यानाकर्षण (विज्ञप्तिसहित)

कोरोनाका नाममा हुने अमानवीय कार्य प्रति गृहको ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडौं : गृहमन्त्रालयले पछिल्ला दिन स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार हुन थालेको भन्दै त्यस्ता घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले ती घटनाहरुप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताका नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवगमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि वाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेकोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले यस्ता गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ । यदि सरकारको अनुरोधलाई बेवास्ता गरी यस्ता क्रियाकलाप गरिएको पाईमा प्रचलित कानून बमोजिम हदैसम्मको कार्वाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

प्रेस विज्ञप्ति हेर्नुहोस् :

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend