काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिसइओ) का लागि आवेदन दिन समय थप गरेको छ। बैंकले सोमबार सूचना जारी गर्दै १४ दिन समय थपेको जानकारी दिएको हो।
निफ्राले सिइओका लागि गत चैत १५ गते दरखास्त आह्वान गरेको थियो।
विभिन्न वित्तीय उपकरण जारी गरेर लगानी जुटाउन र नीतिगत समस्या समाधान गर्न सरकारले साथ नदिएको भन्दै रामकृष्ण खतिवडाले माघ पहिलो साता राजीनामा दिएका थिए।
बैंकले उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै उनले कार्यकाल सकिनु एक वर्षअघि नै राजीनामा दिएका थिए।
बैंकको सञ्चालक समितिले माघ १ गते राजीनामा स्वीकृत गरेको थियो। राजीनामापछि समितिले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।