सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

कोरोना संक्रमण बाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण बाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस  (कोभिड-१९) संक्रमणबाट मृत्यु भएकी महिलाको परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

अस्पताल स्रोतका अनुसार महिलाले जन्माएको शिशु, श्रीमान् , सासु र बहिनीमा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएको हो । उनीहरूको परीक्षण धुलिखेल अस्पतालमा गरिएको हो ।

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेको थियो ।

उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

तर, घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend