बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

धादिङमा १ जना पुरुष, मोरङमा १ जना गुल्मिमा १ जना, धनुषामा १ जना, रौतहटमा १ जना र दाङका एक जनाको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।

हालसम्म परीक्षण अवस्था

३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend