आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

फेरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

फेरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा बाँके नैनापुर गाउँपालिका निवासी १२ जना पुरुष, धनुषाका २ पुरुष, खोटाङ हलेसी, दैलेख आठबिस, सुनसरी र झापाका १/१ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । जसमध्ये ३७ जना उपचारपछि घर फर्कंदा २ जनाले ज्यान गुमाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend