logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित

    सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित

    784
    Shares
    सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित

    काठमाडौं । प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

    विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन् । उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरु सबै पालना गर्नुपर्ने भएकाले यहि मितिदेखि काम शुरु हुन्न भनेर तोक्न नसकिने बताइन् । कयौँ मेसिनहरु छपाई गर्नसक्ने स्थितिमा रहेपनि अन्य कयौँ मेसिनहरु पनि ल्याउनुपर्ने उनको भनाई छ ।

    उनले भनिन् – ‘विधेयक पारित भइसके पछाडी यसको संरचनाहरु बन्ने, समिति बन्ने र कामको प्रक्रिया सुरु गर्छ । प्राविधिक कुराहरु पनि छन् । सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्छ । कयौँ सामग्रीहरु खरिद गर्नुपर्नेछ । कयौँ सामग्रीहरु विद्यमान अवस्थामा पनि छपाई गर्नसक्ने स्थितिमा छौँ । अहिले छपाई गर्ने स्थितिमा रहेका मेसिनहरुलाई प्रयोग गरेर छपाई गर्ने । बैंक नोट लगायतका कुराहरुलाई चाहीँ व्यवस्थित गरेर अगाडी बढाउने कुरा छ । कार्य प्रारम्भ त ३१ औँ दिनदेखि हुने नै छ । तर कुन दिनदेखि छपाई गर्छौं भन्न चाहीँ सकिने स्थिति छैन । किनभने खरिद नियमावलीको व्यवस्था, सरकारी प्रावधानहरु सबै पालना गर्दाखेरी ठ्याक्कै तिथि, मिति तोक्न सकिँदैन तर छिटोभन्दा छिटो स्वदेशमै सुरक्षण मुद्रण सम्बन्धी सामानहरुको छपाई गर्ने उद्देश्य अनुरुप यो ल्याइएको छ ।’

    प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आईतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend