सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

श्रीमती द्वारा बदला लिन आफ्नै श्रीमान् को हत्या

श्रीमती द्वारा बदला लिन आफ्नै श्रीमान् को हत्या

विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उक्त घटनामा मृतक दुलालकी श्रीमतिसहित घटनामा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो ।

प्रहरीले घटनामा लहान नगरपालिका १० का २१ बर्षिय ब्रम्हदेव साह, इटहरी उपमहानगरपालिका १२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सोमबार अपरान्ह  स्काइपमार्फत आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले मृतककी श्रीमती मिना श्रेष्ठ दुलालको योजनामा ब्रम्हदेव साह र सोनु साहको सहयोगले दुलालको हत्या गरिएको जानकारी दिए ।

अनुसन्धानबाट श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो नरहेको पाइएको छ’ उनले भने, ‘श्रीमानसँग बदला लिने उद्देश्यसहित हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend