मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

मिश्रले दिए गोकुल बाँस्कोटासहित ३ सांसदबाट खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन

मिश्रले दिए गोकुल बाँस्कोटासहित ३ सांसदबाट खतरा रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनमा निवेदन

लमजुङका विजयप्रकाश मिश्रले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहित २ सांसदबाट आफु र आफ्नो परिवारको जीऊ धन खतरामा परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । मिश्रले बास्कोटासहित सांसदहरु सूर्य पाठक तथा प्रेम आलेबाट आफुहरु असुरक्षित रहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।

मिश्रले पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाको निर्देशनमा टोखा नगरपालिका ११ मा रहेको आफ्नो घरको तस्बिर समेत लिएको बताएका छन् । तस्बिर खिच्नका लागि ४ जना युवाहरुको आएको समेत उनले निवदेनमा उल्लेख गरेका छन् । तत्कालीन सञ्चारमन्त्री बास्कोटाले घुस बार्गेनिङ गरेको अडियो मिश्रले सार्वजनिक गरेपछि उनले तत्कालै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

मिश्रले ताप्लेजुङका घनबहादुर कुताल र चित्रबहादुर कुतालले आफ्नो ठेगाना पूर्वमन्त्री बास्कोटालाई दिएको दाबी गर्दै आफुलाई मार्ने षडयन्त्र भैरहेको समेत बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend