सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सीमामा अलपत्र परेका नगरवासीलाई ल्याउन नीलकण्ठ नगरपालिकाले पठायो बस

सीमामा अलपत्र परेका नगरवासीलाई ल्याउन नीलकण्ठ नगरपालिकाले पठायो बस

धादिङ : धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले आफ्ना २९ जना नगरवासीलाई  लिनको लागि भैरहवा बस पठाएको छ।

सोमबार नगरपालिकाले भारतबाट नेपाल आएर नियमपूर्वक क्वारेन्टाइनमा बसेका २९ जनालाई लिनको लागि बस पठाइएको नगरपालिका प्रमुख भीम ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार उनीहरूमध्ये सबैको आरडीटी परीक्षणको रिपोर्ट नतिजा नेगेटिभ आएपछि उनीहरूलाई उद्धारको तयारी गरिएको हो ।

द्यपि नगरपालिकामा आएपछि पनि दुईदेखि तीन हप्तासम्म क्वारेन्टाइनमा बसेपछि मात्रै उनीहरूलाई घर जान दिइन्छ ।

आइतबार नगर प्रमुख ढुङ्गानाको नेतृत्वमा बसेको सुरक्षात्मक प्रतिकार्य बैठकको निर्णय अनुसार २९ जनालाई ल्याउन लागेका नगरपालिकाले बताएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend