मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु

भरतपुर : चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्‍यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सर भएको आशंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो ।  उनको मृत्युको कारण खुलेको छैन  । सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend