मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जनकारी दिएका हुन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४०२ पुगेको छ।

२४ जना पुरुष र ३ जना महिला संक्रमित थपिएका हुन्।मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।

नेपालमा संक्रमण पुष्टि भएकामध्ये ३७ जना अहिले संक्रमणमुक्त भएका छन्। २ जना संक्रमितको भने मृत्यु भइसकेको छ। हाल ४ सय १२ जना रेडजोनमा रहेको समेत डा. देवकोटाल जानकारी दिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend