सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

स:शुल्क कोरोना पिसिआर परीक्षण गराउन पाइने

स:शुल्क कोरोना पिसिआर परीक्षण गराउन पाइने

काठमाडौं : अब कोरोनाको लक्षण नदेखिए पनि शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थामा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दायरा बढाउने क्रममा तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमति रिपोर्टिङ गर्ने शर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएका आरडीटी पिसिआर स्वइच्छाले गर्न चाहेन स्वेदशी तथा विदेशी नागरिकलाई तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामार्फत तोकिएको दररेटमा परीक्षण गराउन दिने बताए ।

परीक्षणको दररेट भने सार्वजनिक स्वास्थ्य संस्थाले तोक्ने पनि बताए । ‘तोकिएको शुल्कमा परीक्षण शशुल्क गराउने नीतिगत निर्णय भएको छ’ उनले भने ‘यसले पीसीआर विधिबाट गरिने परीक्षणको दायरा बढ्ने छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend